अनुज पछाई , प्यूठान । जिल्लामा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु भएको छ । पहिलोचरण अन्तर्गत जिल्लाका पाँच वटा स्थानीय तहमा शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
पहिलो चरणमा आज देखि मंसिर २६ गते सम्म जिल्लाको स्वर्गद्धारी नगरपालिका , सरुमारानी गाउपालिका, झिमरुक गाउपालिका र गौमुखि गाउपालिका नामावली सङकलन हुने जिल्ला निर्वाचन कार्यालय प्यूठानका निवार्चन अधिकारी राजन श्रीवास्तबले बताए ।
स्थानीय तहका केन्द्रमा स्थानीय तहले छुट्टै कर्मचारी नियुक्ती गरी मतदाता नामावली संकलन गर्दै छन् । नागरिकता लिएका सबै नेपालीलाई फोटो सहितको मतदाता नामावलीको फारम भर्न निर्वाचन कार्यालय प्यूठानले अनुरोध गरेको छ ।
त्यस्तै यता दोस्रो चरणको मतदाता नामावली संकलन मङ्सिर २८ देखी पुस ८ गते सम्म ऐराबती गाउपालिका, माण्डबी गाउपालिका ,प्यूठान नगरपालिका र नौबहिनी गाउपालिकाको केन्द्रमा गरिने बताईएको छ ।
जिल्लामा २०७८ मङसिर १३ गते सम्मको तथाङकलाई हेर्दा एक लाख ५४ हजार ४ सय ९७ जना कुल मतदाता रहेका छन् । जसमा महिला ८९ हजार छ २१ , पुरुष एक ७५ हजार ७५ र तेस्रो लिङ्गी दुई जना मतदाता रहेका छ्न ।
बसाईसराई र विवाहदर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली सङ्कलन हुने निर्वाचन आयोगले जनाएको छ ।
मल्लरानी गाउपालिकामा बसोबास रहेका नागरिकले भने जिल्ला निर्वाचन कार्यालय गएर मतदाता नामावलीमा विवरण भर्नुपर्ने आयोगले जनाएको छ । कार्यालयकाअनुसार नयाँ मतदाता नामावली विवरण मात्र अभियानका क्रममा सङ्कलन गरिनेछ । नामावलीमा नाम, थर, ठेगाना, भएका त्रुटी सच्याउन जिल्ला निर्वाचन कार्यालय खलंगा प्यूठानमा जानुपर्ने आयोगले जनाएको छ ।
आयोगले आसन्न स्थानीय, प्रदेश तथा सङ्घको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली सङ्कलन गरिरहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । मतदाताको मताधिकार सुरक्षित गर्न सबै नागरिकलाई मतदाता नामावली सङ्कलन कार्यमा सहभागी हुन प्रजिअ भुषालले आग्रह गर्नुभयो ।
प्यूठानमा फोटोसहितको मतदाता नामावली संकलन कार्य शुरु
प्यूठानमा फोटोसहितको मतदाता नामावली संकलन कार्य शुरु
Advertisement
तपाईको प्रतिक्रिया