गुल्मी । लोक संगीत बजारमा नयाँ नयाँ गीतहरु दैनिक सार्बजनिक हुने गर्दछन् । कतिपय गीतहरु यस्ता हुन्छन् जुन गीतले मन मुटुमा नै बस्न सफल हुन्छन् । यसै क्रममा गायक बिनोद भण्डारीको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको ।
मायाँ प्रेममा भए गरेका तिता मिठा कथा बस्तुलाई समेटेर तयार गरिएको ‘बत्ती मधुरो’ सार्बजनिक भएको हो । बिनोद भण्डारी र शान्तीश्री परियारको स्वर रहेको गीतमा भगवान भण्डारीको लय शब्द रहेको छ ।
गीतमा रामजी खाँड र रञ्जिता गुरुङ्गको अभिनय रहेको छ । जुग जाने मायाँ लगाउने अधुरो माया नलगाउने कथा बस्तु गीतमा रहेको छ ।
गीत भगवान भण्डारीको युट्युब चयानबाट सार्बजनिक गरिएको छ ।
Advertisement
गीतको पुरा भिडियो हेर्नुहोस् ।