अनुज पछाई,प्यूठान। प्यूठान नगरपालिका ३ रातामाटा स्थित मुक्ति माबिको कक्षा १२ मा अध्ययनरत दिपक पुनमगर दिनमा ४ घन्टा हाप्किडो खेल अभ्यास गर्छन । हाप्किडो खेलमै आफ्नो भविष्य देखेका दिपक प्रत्येक दिन बिहान ५ र साझ ५ बजेपछि हाप्किडो अभ्यासका लागि प्यूठान नगरपालिका ४ बिजुवार स्थित गणतान्त्रिक खेलकुद मैदान पुग्छन् ।
‘मैले सानामा टिभिमा कराते खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएँ । सुरुमा बा–आमाले त्यति मन गर्नुभएको थिएन, मेलै बिस्तारै पुरस्कार जितेर राम्रो गर्न थालेपछि अहिले त बुझ्नुहुन्छ,’ दिपक भन्छन् । दिपकले जिल्ला तथा जिल्ला बाहिर हुने प्रतियोगीता तथा साथिहरुको बिचमा हुने प्रतियोगितामा भाग लिएर पुरस्कार समेत प्राप्त गर्दै आएका छन् ।
मुक्ति माबि कै कक्षा १२ को परीक्षा दिएर बसेकी १८ बर्षिया इश्वरी पुन पनि हाप्किडोमा रुचि भएकै कारण दिनमा बिहान र साझ गरि ४ घन्टा हाप्किडो खेल अभ्यासमा समय दिन्छन्। दिपक र इश्वरी मात्रै होइन, पछिल्लो समय स्कुल र क्याम्पस पढ्ने अधिकांश युवाको रुचिमा पर्न थालेको छ, हाप्किडो खेल । यसमा पनि फुटबल र क्रिकेटलगायत खेलमा जस्तै नेपाली युवाको क्रेज बढ्दो छ । हाप्किडोलाई दक्षिण कोरीया अमेरिका, अस्टेलियासहित युरोपेली मुलुकमा बहादुरी खेलका रूपमा खेलिन्छ । केही वर्ष अघिसम्म नेपालमा हाप्किडो खेलबारे नकारात्मक धारणा थियो।
अहिले भने यो खेलप्रति सकारात्मक धारणा विकास भएको छ ।यो खेलमा नयाँ पुस्ताले सक्रियता देखाएको नेपाल मार्सल हाप्किडो संघ प्यूठान जिल्लाका अध्यक्ष टेकराज केसी बताउँछन् । “सुरुको बर्ष प्यूठानमा स्थापना गर्दा कसैले भबिष्य छैन नगर भने” अध्यक्ष केसीले भने “सरुमा एक जना बाट सुरु भएको यस खेलमा हाल जिल्लाभर ५०० बढी खेलाडीले प्रशिक्षण लिइरहेका छन ।” पछिल्लो समयमा किशोर किशोरीमा यस खेलप्रति चासो देख्दा सन्तुष्टि मिलेको अध्यक्ष केसीले सुनाए ।
नेपाल मार्सल हाप्किडो संघले हाप्किडो खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्ने गर्छ । यही उद्देश्यले २ वर्षअघि प्यूठान जिल्लामा पनि संस्था स्थापना गरिएको हो।
संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा हाप्किडो खेलबारे गोष्ठी, हाप्किडो खेल प्रतियोगिता तथा हाप्किडो खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले नेपाल मार्सल हाप्किडो संघ तथा हाप्किडो एसोसिएसन समेत गठन गरेको छ । यसलाई पनि अन्य खेललाई जस्तै सकारात्मक ढंगबाट महत्व दिँदै प्राथमिकतामा राख्नुपर्ने हाप्किडो खेलाडीको माग छ ।
हाप्किडो खेल मा सहभागी भएदेखि आत्म रक्षा गर्न सकिने ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएकी खेलाडी इश्वरी पुनमगरले बताइन । हाप्किडोमा संलग्न भएदेखि म आफुले आफैलाई फरक पाएको छु।” खेलाडी पुनले भनिन–“बलात्कार जस्तो केसलाई कम गर्न पनि यस्ता खेलले किशोरीलाई सुरक्षित पार्न सक्छ ।” अहिले एक दुइ जना पुरुषसंग सजिलै एक्लै लडन सक्ने हिम्मत आएको उनको अनुभब छ ।
हाल प्यूठान जिललाको बिजुवार खेलकुद मैदान , खंलंगाा , कालिका माबि बिजुवार,माण्डबी माबि नयाँगाउ ,दाखाक्वाडीको वेलुवा तथा जुम्रिकालगायतका क्षेत्रबाट करिब ५ सय बढीले प्रशिक्षण लिइरहेको नेपाल मार्सल हाप्किडो संघ प्यूठानकी कोषदक्ष अस्मिता केसीले बताइन ।
खेलमा आबद्ध भएको करिब १ बर्षमै ७ जना नयाँ शिक्षार्थीले बिद्यालयमा तालिम सञ्चालन गर्न सफल भएको अध्यक्ष केसीले जानकारी दिए । त्यस्तै जिल्लाभर २ बर्ष भित्रनै १३ जनाले ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएको उनले बताए ।
दक्षिण कोरीयाबाट सुरु भएको उक्त खेल हाल नेपाल संगै बिश्वमै लाकप्रिय बन्दै गएको छ । नेपालमा पनि करिब ७४ बढी जिल्लामा हाप्किडो संघ बिस्तार भइ हाप्किडोको तालिम तथा प्रतियोगीता सञ्चालन हुदै आएको प्यूठान जिल्ला हाप्किडो मार्सल संघका उपाध्यक्ष प्रचण्ड खडकाले बताए । साथै अबको केही समयमै लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगीता प्यूठान जिल्लामा सञ्चालन गर्ने कार्ययोजना रहेको अर्का उपाध्यक्ष खलजित बुढाले बताए ।
खेलका प्रमुख प्रशिक्षक तथा जिल्ला अध्यक्ष टेकराज केसीले नेपालमा हाप्किडो खेलमा युवा आकर्षण बढ्नु आफैमा सकारात्मक भएको बताए ।