शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । पार्टीको मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरिएको नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो।
सन्धिखर्क नगरकमिटी
अध्यक्षमा: श्रीकृष्ण भुसाल
उपाध्यक्ष : शिव अधिकारी
सचिव : कुशल भुसाल
उपसचिव : लक्ष्मण पराजुली
उपसचिव : रिता खड्का चयन हुनु भएको छ ।
भुमिकास्थान नगरकमिटी
अध्यक्षमा: मणिराम पाैडेल
उपाध्यक्ष : चिरञ्जीवी खनाल
सचिव : टामलाल भट्टराई
उपसचिव : ज्ञानु सारू
उपसचिव : झुपलाल खनाल चयन हुनुभएको छ ।
शितगंगा नगर कमिटी
अध्यक्षमा : वसन्त श्रेष्ठ
उपाध्यक्ष : सञ्जय राना
सचिव : ऋषि घिमिरे
उपसचिव : घनु गाहा
उपसचिव : शिवकला बि.क.चयन हुनुभएको छ ।
पाणिनी गाउँकमिटी
अध्यक्षमा : कमल प्रसाद घिमिरे
उपाध्यक्ष : जीवलाल घिमिरे
सचिव : गुनाखर अधिकारी
उपसचिव : सुनिता भट्टराई
उपसचिव : ओमप्रकाश पाेख्रेल चयन हुनुभएको छ ।
छत्रदेव गाउँकमिटी
अध्यक्षमा: रामजी प्रसाद पाण्डे
उपाध्यक्ष : रूपा प्रधान
सचिव : तेज प्रसाद खनाल
उपसचिव : घनश्याम पाण्डे
उपसचिव : नर बहादुर आले चयन हुनुभएको छ ।
मालारानी गाउँकमिटी
अध्यक्षमा: शालिकराम आचार्य
उपाध्यक्ष : विष्णु प्रसाद मिश्र
सचिव : नारायण प्रसाद अर्याल
उपसचिव : दिपा पाेख्रेल
उपसचिव : बिष्णु प्रसाद पाैडेल चयन हुनुभएको छ ।
निर्वाचित छ वटै पालिका कमिटीका सदस्यहरुलाई मंगलबार राती नै सपथ ग्रहण गराईएको नेकपा एमालेले जनाएको छ ।
नयाँ नेतृत्व चयन सँगै नेकपा एमाले अर्घाखाँची जिल्लामा अझ सशक्त र बलियो भएको नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले प्रतिक्रिया दिनुभयो ।