कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ३ गुलरीमा दिउँसो १ बजे ५ वर्षीय वालकको अपहरण भएको छ । अब्बु कलाम डफालीका ५ वर्षीय छोरा अमिर खान डफालिको अपरण भएको हो।
Advertisement
घरमा कोही नभएको अवस्थामा घरमा आएर अपरिचित व्यक्तिले फकाएर बालकलाई पैसा दिएर पसलबाट पान लिएर आऊ भनेर पठाएको र उक्त बच्चा पान लिन जाँदा बाटोबाट समातेर मोटरसाइकलमा राखेर अपहरण गरेको स्थानीयले बताएका छन् ।
घटना बालकको बुवासँग लेनदेनको कारण भएको र सो पैसा असुल्नको लागि निर्दोष बालकको अपहरण गरेको हुन सक्ने स्थानीयले आंकलन गरेका छन् ।
बालकको खोजी कार्य भईरहेको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । भारतको सीमा नजिकै भएको कारण भारत तर्फ बालकलाई लगेको हुन सक्ने भन्दै आफन्तले खोजी कार्य गरिरहेका छन् ।