अनिल खत्री, गुल्मी । नेकपा एमाले इस्मा गाउँपालिका वडानम्बर–२ को वडाअध्यक्षमा टामलाल केसी चयन भएका छन् । शनिवार छल्दीमा सम्पन्न अधिबेशनको केसीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा रणबहादुर ठकुरी, सचिवमा इन्द्रबहादुर थापा, सहसचिवमा सारदा खनाल र केदार कुँवर रहेका छन् । वडाअधिबेशनबाट निर्वाचित कमिटी सर्बसहमतिमा चयन गरिएको हो ।
जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिबेशन सम्पन्न हुँदैछ । धेरै ठाउँमा सर्बसहमतिमा वडाअध्यक्ष चयन भएको नेकपा एमाले केन्द्रिय सदस्य एबं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । जिल्ला भरको तथ्याङ्क लिने क्रममा रहेको पन्थीले बताए ।
वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ। त्यस्तै दलित÷महिला÷जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको उपसचिव बिश्वकर्माले बताए ।
अबिधेशनका लागि नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् । निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।
नेकपा एमाले इस्मा २ को वडाअध्यक्ष केसी निर्वाचित
नेकपा एमाले इस्मा २ को वडाअध्यक्ष केसी निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया