कामनाडेली, प्युठान। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले शिक्षकहरुलाई आफु जलेर उज्यालो दिने मैनबत्ती जस्तै भएको बताउनुभएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन प्यूठानको छैठौ जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री खडकाले शिक्षक पेशा एक मर्यादित पेशा भएको बताउनुभएको हो ।
शिक्षक समाजको पथ प्रदर्शक मात्र नभई समाज निर्मातापनि भएकोले समाज परिबर्तनमा शिक्षकको भुमिका उल्लेखनिय हुने उल्लेख गर्नुभयो।
किसान, मजदुर तथा राजनितिज्ञलाई सहि सल्लाह सुझाब दिएर सहि बाटोमा हिडाउने मुख्य जिम्मेबारी शिक्षकको भएको खडकाको भनाई छ । उहाँले शिक्षक दक्ष जनशक्ती उत्पादन गर्ने कारखाना हुन समेत भन्नुभयो।
अबको चुनाबमा माओबादी केन्द्रलाई एक नम्बर पार्टी बनाउन अग्रणी भुमिका खेल्न शिक्षकहरुलाई मन्त्री खड्काले आग्रह गर्नुभयो ।
Advertisement