अनुज पछाई, प्यूठान – प्यूठानका किसानले लगाएको धानमा ठूलो नोक्सानी भएको छ । हिजो आईतबार देखि परेको पानी र हावाले गर्दाे काटिसकेका धान खेतमै डुबेका छन् ।
लगातारको पानीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन्। प्यूठान नगरपालिका ३ स्थानीय , बन्धु सुनारका अनुसार पानीले झिमरुक क्षेत्रमा लगाएको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको जानकारी दिएका छन । बर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको सुनारले बताए।खेतमै डुबेको धान अब उम्रने चिन्ता बढेको छ । समयमै धान उठाउन नपाउँदा उत्पादन भएको पनि नोक्सानी भएको छ । भिजेको धान कुटाई गर्दा काटिने ,कनिका पर्ने, स्वाद गनाउने हुने पराल पनि बिग्रने हुदा धान तथा परालको मूल्य नपाउने समस्या बढ्ने चिन्ता बढेको प्यूठान नगरपालिका ४ बिजुवारका किसान केशब प्रसाद भण्डारीले गुनासो गर्नुभयो ।
लगातारको कात्तिके झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।प्यूठान जिल्लाको झिमरुक फाटमा धानको उत्पादन धेरै हुने भएपनि यो वर्ष उत्पादन भन्दा नोक्सानी धेरै हुने देखिएको अगुवा किसानहरू बताउँछन् । पानी अझै केही दिन पर्ने सम्भावना रहेकाले धानमा नोक्सानी हुने क्रम बढ्ने कृषि विज्ञहरुले जनाएका छन् ।