पर्वत। साफ च्याम्पियनसिपको फाइनलमा पुगेर उपाधि जित्न नसकेपनि टिमको हौसला बढाउनका लागि पर्वतको कुश्मा नगरपालिकाले टिमलाई पुरस्कार दिने भएको छ । साफमा सानदार प्रदर्शन गरेर उपविजेता बनेको नेपाली टिमलाई कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ दिने भएको छ । साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टिम अन्तिममा भारतसँग तीन शुन्यले पराजित भएको थियो ।
Advertisement
टिम फाइनलमा पराजित भएपनि कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले फुटबलको विकासका लागि खेलाडीको मनोबल बढाउन यो पुरस्कार दिने घोषणा गरेको बताए । उनको सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।