रूपन्देही ।नेपाली काँग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी रिता केसीलाई झन्डै दोब्बर मतले हराउँदै पाण्डे विजयी भए।
पाण्डे पौडेल पक्ष हुन भने केसी देउवा पक्षका। पाण्डे हाल पनि नगर सभापति नै हुन्। उनी तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका हुन।
उनले ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रिता केसीले १ सय १४ मत ल्याइन। यस्तै उप सभापतिमा ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन्।
सचिवमा गङ्गा पन्थी र छापा पोखरेल विजयी भएका छन् । यस्तै सह सचिवमा देवलाल अर्गाली र पुरुषोत्तम खनाल निर्वाचित भएका हुन ।
रुपन्देहीको तिलोत्तमामा हरिलाल पाण्डे विजयी भएका थिए। उनी देउवा निकट हुन्। उनले पौडेल पक्षका उम्मेदवार नारायण न्यौपानेलाई हराउँदै नगर सभापति भएका हुन्। पाण्डे खाँड समूहका हुन्।
पाण्डेले १ सय ७४ ल्याउदा पाैडेल समूहका नारायण न्याैपानेले १ सय ७२ मत ल्याएका थिए भने
हरि तिवारीले ३०मत ल्याएका थिए ।
सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मतसहित विजयी भएका छन् । उनी देउवा समूहका हुन्
खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराउनुभएको हो । खनालले १ सय २ मत प्राप्त गरेका थिए ।
सैनामैना ६ कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको अधिवेशनमा २ सय ४० मत खसेको थियो । १२ मत भने रद्द भएको छ । नगरमा २ हजार २ सय २४ जना क्रियाशील सदस्य छन् ।
रुपन्देहीको देवदह नगरमा नगर सभापति गुनाखर भुर्तेल विजयी भएका छन् । उनले १सय ३ मत ल्याउदा झविन्द्र प्रसाद पाण्डे १ सय मत ल्याएका थिए ।
बुटवलमा खाँण समूहका केसीलाई दाेब्बर मतले हराउँदै पाण्डे विजयी
बुटवलमा खाँण समूहका केसीलाई दाेब्बर मतले हराउँदै पाण्डे विजयी
Advertisement
तपाईको प्रतिक्रिया