जनक पन्थ, गुल्मी । गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो । घर माथीबाट आएको ढुङ्गा माटो सहितको पहिरोले उक्त एकतले घरको बिचको कोठामा सुतिरहेका परियारका छाेरिहरु पुरिएको पाण्डेले बताउनु भयो ।
स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृत अवस्थामा निकालीएको थियो। मृतक सबैको शब गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।
राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो ।
गुल्मीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
गुल्मीमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया