प्युठानमा एमालेले गोयबल्स प्रचार गर्‍यो : अध्यक्ष भोजबिक्रम बुढा

प्युठान । नेकपा एकिकृत समाजवादीका प्युठान जिल्ला अध्यक्ष भोजविक्रम बुढा मगरले जिल्लामा आफ्नो पार्टिको जनाधार गुम्दै जान थालेपछि एमालेका नेताहरुले गोयबल्स शैलीमा प्रचार गरेको आरोप लगाएका छन् ।
केहि दिन भित्रै समाजवादीको जिल्ला कमिटीमा आबद्ध बहुसंख्यक सदस्यहरु मूल पार्टीमै फर्किन लागेको एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा लगायतका नेताहरुको दाबीलाई अध्यक्ष बुढा मगरले ‘गोयबल्स शैली’ को संज्ञा दिएका हुन् ।
उनले कामनाडेलीसंग कुराकानी गर्दै एमालेका नेताहरुले चलाएको हल्लामा कुनै सत्यता नभएको बताउदै अब कुनै भ्रममा नरहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
‘अब फेरि एमालेमा फर्किने कुरा छैन’ अध्यक्ष मगरले भने,’हामी संगठन निर्माणमा लागेका छौं, पार्टीलाई सशक्त बनाउछौ।’
झुठो प्रचार गरेर जनता नझुक्काउन एमाले नेताहरुलाई उनको आग्रह छ।
प्युठानमा एमालेका नेताहरुले नेकपा एकीकृत समाजबादीको सिङ्गो टोली नै एमालेमा फर्काउने गरि छलफल भईरहेको प्रचारबाजी गर्दै आएका छन।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...