प्युठान । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्षमा प्रेम बिश्वकर्मा चयन भएका छन । आईतबार जुम्रीमा भएको २० औं जिल्ला सम्मेलन मार्फत बिश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।
अखिल क्रान्तिकारीको उपाध्यक्षहरुमा सुन्दर के.सी. सुजता थापा, सञ्जय श्रेष्ठ , सुशीला घर्ती चयन भएका छन् । सचिवमा आनन्द जि.सी. चुनिदा सहसचिवको जिम्मेवारी गिर जाेन(बि.क.), सुरज खनालले पाएका छन् ।
अखिल क्रान्तिकारीको कोषाध्यक्ष भने अनुज पछाई चयन भएका छन् । आफु जिल्ला अध्यक्षमा चुनिएपछि बिश्वकर्माले राजनीतिक उतारचढावले केही समय सुस्ताएको अखिल क्रान्तिकारीलाई प्युठानमा पहिलो विद्यार्थी संगठन बनाउन लागिपर्ने उद्घोष गरे । संगठन एवम् विद्यार्थीको हितमा काम गर्ने उनको भनाई थियो । बिश्वकर्मा नेतृत्वको अखिल क्रान्तिकारीमा ४१ सदस्य पदाधिकारी रहेको अखिल (क्रान्तिकारी) प्युठानले जानकारी दिएको छ।