अनिल खत्री, गुल्मी । कोरोना महामारीका कारण बन्द र सुनसान बनेको बजार बिस्तारै चहलपहल सुरु हुन थालेको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा कोरोना महामारीको नियन्त्रणका लागि चलेको निषेधाज्ञाले बन्द र सुनसान बजार खोल्न दिने निर्णयले बिस्तारै चहलपहल बढन थालेको हो ।
गत बैशाखबाट कोरोना महामारीका कारण जारी निषेधाज्ञालाई सबैखाले पसल व्यवसाय खोल्न दिने निर्णण गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजार सहित मुख्य बजारमा चहलपहल बढन थालेको छ । नजिकै आएको हिन्दु महिलाहरुको महान पर्व तिज पर्वको लागि किनमेल गर्नेहरुले पनि बजारमा चहलपहल बढेको हो ।
तीज पर्व मनाउन कपडा पसल तथा खद्ययन्न पसलहरुमा चहलपहल बढि देखिन्छ । झण्डै ५ महिनासम्म सुनसान जस्तै बनेको तम्घास बजार निषेधाज्ञा खुकुलो बनाइएका कारण जिल्लाका ग्रामीण बस्तीबाट किनमेल गर्न आउनेहरुको कारण बिस्तारै चहलपहल बढ्ने गरेको हो ।
निशेधाज्ञा खुले पनि कोरोना संक्रमणको त्रासले चाडवाडको समयमा व्यापार नभएको व्यवसायी रबिना खातुनले बताइन । अघिल्ला अघिल्ला वर्षहरुमा जस्तो व्यपार नहुने गरेको र कोरोनाका कारण बर्षेनी व्यापार घट्दै गएको उनको भनाई छ ।
चाडवाडको समय भए पनि कोरोना भाईरसको जोखिम कायम रहेकै समयमा किनमेल गर्ने बजारमा आउने गरेका छन् । कोरोना संक्रमणकै त्रासले होटल व्यावसायीहरु पनि मर्कामा परेका छन् ।
बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीको गुनसो रहेको छ । बजारमा चहलपहल बढेसँगै कोरोना संक्रमण फैलिने हो की भन्ने चिन्ता स्थानीयमा रहेको छ ।
तम्घास बजारमा बढ्यो चहलपहल
तम्घास बजारमा बढ्यो चहलपहल
Advertisement
तपाईको प्रतिक्रिया