माधव बेल्बासे, (चन्द्रौटा) कपिलवस्तु । कपिलवस्तुुको दुई स्थानिय तहमा साप्ताहिक रुपमा निशुल्क आँखा जाँच सेवा सुरु गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत सामुदायिक अस्पताल चन्द्रौटा र बुद्धभुमी नगरपालिकामा उक्त सेवा सुरु गरिएको छ ।
नेपाल नेत्र ज्योती संघ छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुगञ्जको प्राबिधिक सहयोगमा दुई वटा स्थानिय तहमा आज वाट साप्ताहिक आँखा उपचार सेवा सुरु गरिएको प्रशासकिय अधिकृत जसराज विकले बताउनुभयो ।स्थानिय नागरिकहरुलाई आँखाको उपचार गर्न नजिक र सहज होस भन्ने उद्देश्यले सेवा संचालन गरेको बताउनुभयो । सुरुवात चरणमा साप्ताहिक र सेवाग्राहीको सख्या बढेमा दैनिक रुपमा सेवा प्रवाह गरिने विकले बताउनुभयो ।
सेवा सुभारम्भ गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शरिरको संवेदनशिल अंङ्ग आँखा रहेकोेले यसको उपचार भरपर्दाे ठाउँमा छिटो छरितो गर्नुपर्ने बताउनुभयो । नारायणी आँखा अस्पताल बहादुगञ्जसँग सहकार्य गरी पटक पटक आँखा शिविर संचालन गरिएको बताउँदै अब दैनिक सनिवार उपचार हुने बताउनुभयो ।
कपिलवस्तुका सबै स्थानिय तहहरु सँग सहकार्य गरी आँखाको उपचारको सेवा विस्तार गरिने अस्पतालका प्रमुख प्रशासक शम्सेर थापाले बताउनुभयो । यता बुद्धभुमि नगरपालिकामा जाँचको सेवा सुरुवात गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले आँखाका समस्या भएको बिरामीहरुले लाभ लिन आग्रह गर्नुभयो । सेवाको पहिलो दिन शिवराज नगरपालिकामा ३९ जना र बुद्धभुमि नगरपालिकामा ८७ जनाले सेवा लिएका छन् ।
कार्यक्रममा अस्पतालको चिफ मेडिकल डाइरेक्टर सुभलक्ष्मी कटुवाल,नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेशम वहादुर खड्का,संजिवनी अस्पतालको अध्यक्ष टोपलाल पोख्रेलको सहभागिता रहेको थियो ।
शिवराज र बुद्धभुमिमा साप्ताहिक आँखा जाँच सेवा सुरु
शिवराज र बुद्धभुमिमा साप्ताहिक आँखा जाँच सेवा सुरु
Advertisement
तपाईको प्रतिक्रिया