कोरोना संकट शुरु भएको दुई वर्ष पुग्न अव केही महिना बाँकी छ । छिमेकी मुलुक चिनको बुहान शहरबाट सन् २०१९ को अन्तिम महिना डिसेम्वरमा यो भाइरस पहिलोपटक देखा परेको थियो । ठूलो संख्यामा मानिसहरु विरामी परेपछि मानिसको स्वास्थ्य जाँच गर्दा कोरोना देखा परेको होे ।
चिन जस्तो विश्वमै सर्वशक्तिमान हुने दौडमा अगाडि बढेको देशलाई समेत कोरोनाले केही समय त्राही त्राही बनाएको थियो । तथापि चिनीयाहरुको उच्च व्यवस्थापकीय क्षमता तथा ठूलो लगानीले कोरोनालाई उनीहरुले नियन्त्रणमा लिन सफल भए । उनीहरुले कोरोनालाई नियन्त्रणमा लिन मात्र सफल भएनन्, कोरोनाकै अवधिमा पनि कोरोनासँग जुध्न सक्ने प्रतिरक्षा प्रणाली मजबुत बनाउँदै लगे । कोरोनाबाट सिर्जित विश्वकै त्रासदी अवस्थामा अमेरिकाजस्तो शक्तिसम्पन्न राष्ट्रलाई समेत स्वास्थ्य सामाग्री सहयोग गरेर विश्वमै चिनिया व्यवस्थापनको उदाहरण प्रस्तुत गरे ।
चिनियाहरुले कोरोनाका कारण उत्पन्न समस्यालाई अवसरका रुपमा बदल्न स्वास्थ्य सामाग्री उत्पादनमा छलाङ्ग मारे । विश्वमै उनीहरुले उत्पादन गरेका स्वास्थ्य सामाग्री बिक्री गरेर कोरोनाले शिथिल हुन थालेको अर्थतन्त्रलाई चलायमान बनाए ।
हाम्रो छिमेकी मुलुक चिन कोरोनाकै बीचमा पनि विभिन्न बाधा अवरोध पन्छाउँदै समुन्नतिको बाटोमा अगाडि बढिरहेको छ । चिनियाहरुले सम्पूर्ण ताकत नागरिकको स्वास्थ्य रक्षाका लागि लगाए । भविष्यमा आइपर्ने यस्ता स्वास्थ्य महामारीलाई व्यवस्थापन गर्न सक्ने स्वास्थ्य पूर्वाधारको समेत तयार गरे ।
कोरोनाको विगत पुग नपुग दुई वर्षको अवधिमा हाम्रो मुलुक नेपालको अवस्था हे¥यौ भने यसबीचमा यहाँ एकजूट भएको दल पूmटमा पुगे । संसद विघटन र पुस्र्थापनाको बहस भए । सरकार ढल्ने र बनाउने खेल भए । यहाँका सरकार प्रमुखले नै कोरोना भनेको केही होइन, बेसार पानी खाऔ, कोरोना पचाऔं भन्ने विवादास्पद अभिव्यक्ति दिए ।
डिसेम्वरको अन्त्यतिरबाट शुरु भएको कोरोना संक्रमण नेपालमा फैलन करिव तीन महिना लागेको थियो । त्यो अवधिसम्म धेरै पूर्व तयारी गर्न सक्ने अवस्था थियो तर सरकार त्यसतर्फ उदासिन भयो । जव कोरोना मुलुकभर व्याप्त रुपमा फैलियो तव मात्र कोरोना संकट व्यवस्थापनको लागि काम गर्न थालियो । जसको परिणाम आज हामीले कोरोनाकै कारण मृत्यु भएको दश हजार मध्ये धेरैलाई बचाउन सक्ने अवस्था रहन सक्थ्यो । महामारी व्यवस्थापन गर्ने पूर्व तयारी राम्रो भएको भए । कोरोनाको कारण यति ठूलो क्षती हामीले सायदै भोग्नु पर्ने थिएन ।
कोरोना संकट नियन्त्रण गर्नमा देखाइएको हेलचेक्रेयाई अहिले कोरोना पछिको संकट व्यवस्थापनमा पनि देखाइदै छ । सरकारले कोरोना संकटका कारणले समस्यामा परेका नागरिकका लागि सहुलियत तथा राहतका प्रभावकारी कार्यक्रमहरु यथेष्ट मात्रामा ल्याउन तथा सञ्चालन गर्न सकिरहेको छैन ।
कोरोना संकटका कारण धेरै मानिसहरु मनोसामाजिक समस्यामा परेका छन् । उनीहरुका लागि पनि मनोविमर्श सेवा सहज उपलव्ध हुने बातावरण छैन ।
कोरोना संकटको महामारी अझै पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन । यो केही मत्थर मात्र भएको हो । विशेषज्ञको कुरालाई आधार मान्ने हो भने तेश्रो चरणको कोरोना संक्रमण मुलुकमा आउनेवाला छ । यसले बालबालिकामा बढि प्रभाव पार्ने बताइदै छ ।बालबालिका भनेको अहिलेसम्म कोरोना बिरुद्धको खोप नलगाएको समूह हो । बालबालिकामा संक्रमण फैलियो भने यसले कस्तो रुप ल्याउला हामीले सहजै अनुमान गर्न सक्छौ संक्रमण भयावह हुन सक्छ । बालबालिकामाथि हुने सम्भावित भयावहपूर्ण संक्रमणको उचित तयारी अहिलेसम्म भएको देखिदैन ।
बालबालिकाको स्वास्थ्यको लागि विशेषज्ञ जनशक्तिको हामीकहाँ कमी देखिन्छ । बाल स्वास्थ्य क्षेत्रको स्वास्थ्य पूर्वाधार पनि अत्यन्तै सिमित मात्रामा भएको कारण पनि कोरोना संकट व्यवस्थापन गर्न बढि चुनौति देखिन्छ ।
अहिले सरकारले कोरोना संकटको लागि तीन तरिकाबाट काम गर्नुपर्दछ । पहिलो सम्भावित कोरोना संकटको पूर्व तयारी, दोश्रो मौजुदा कोरोना संकटको यथोचित व्यवस्थापन र तेश्रो यसअघिदेखि नै कोरोना संकटका कारण रोजगार तथा आयआर्जनविहीन भएर दैनिक जिवनयापन गर्न समस्यामा परेका नागरिकहरुका लागि राहत तथा आयआर्जनका कार्यक्रम सञ्चालन ।
कोरोना संकटबाट गुज्रेका परिवारमध्ये पनि आय आर्जनको श्रोत कम भएका परिवारको लगत संकलन गर्ने र उनीहरुकै समस्याको आधारमा सकेसम्म उनीहरुलाई सहज हुने किसिमले राहत तथा सहुलियतका कार्यक्रमहरु सञ्चालन गर्न सके मात्र संकटबाट गुजे्रकाहरुको उद्धार हुन्छ ।
हामीकहाँ जुनसुकै कार्यक्रम सञ्चालन गर्दा पनि सो कार्यक्रम लक्षित समुदायसम्म पुग्न नसक्ने समस्या देखिन्छ । यसले गर्दा लक्षित समूह प्रतिफल लिनबाट बञ्चित हुने र समाजका टाठाबाठाहरुले सो सेवा सुविधाको दुरुपयोग गरेको देखिन्छ । कोरोना संकट व्यवस्थापनमा यस खालको समस्या अन्त्य गर्न आवश्यक छ ।
मानिसको आधारभूत आवश्यकता भनेको गास, वास, कपास भन्ने हाम्रो पुरानो मान्यता छ । कोरोना संकटले हाम्रो आयआर्जन कमजोर भएका नागरिकको पहिलो आधारभूत आवश्यकतामा नै कुठाराघात गरेको छ । मानिसको आधारभूत आवश्यकतालाई खण्डित गरेको कोरोनाजन्य महामारीपछिको संकट व्यवस्थापनलाई सरकारले नागरिकको समेत सहयोग लिएर अगाडि बढाउन सके यस कार्यमा बढि परिणाममुखी हुने देखिन्छ ।
ह्ुनतः यस्ता विपद्जन्य समस्या भनेको सरकार मात्र एक्लैले समाधान गर्न सक्ने अवस्था होइन । यस्ता महामारीमा ठूलो संख्यामा नागरिकहरु समस्यामा पर्ने भएकोले सरकारले संकट व्यवस्थापनको लागि नेतृत्वदायी भूमिका खेल्ने हो । सरकारको नेतृत्वदायी भूमिकाले नै अन्तराष्ट्रिय समुदायको मात्र होइन राष्ट्रिय स्तरमा पनि विभिन्न तह र तप्कामा बसेका व्यक्तिहरुको सहयोग हुन सक्दछ ।
त्यसकारण कोरोना संकटले गरीवीको मारमा धकेलिएका नागरिकको दैनिक जीवनयापनको लागि मुलुकका तीनै तहका सरकारले नतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ । सरकार एक्लैलाई श्रोत साधन जुटाउन समस्या भए नीजि क्षेत्र, आम नागरिकलाई आव्हान गर्न सक्दछ । यसरी जुटेको सहयोग भने एकद्वार प्रणालीबाट समस्यामा परेका मानिसहरुकहाँ पुग्ने व्यवस्था मिलाउनुपर्दछ । विपद्मा नागरिकको दैनिक जनजीवन सहज रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकारको उत्तरदायित्व मात्र होइन कर्तव्य पनि हो । त्यसैले सरकारले यस दिशातर्फ दु्रततर रुपमा काम अगाडि बढाओस् ।
लेखक : संजय रिजाल, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष हुनुहुन्छ।
कोरोना संकटमा जिविकोपार्जन
कोरोना संकटमा जिविकोपार्जन
Advertisement
तपाईको प्रतिक्रिया