कामना डेली, प्यूठान । प्यूठान जिल्ला अस्पताल विजुवारमा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन्। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती तथा टाउको दुख्ने र झाडापखाला भएर कोरोना जस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार दैनिक ३० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी अस्पतालमा आउने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘केही दिनयता अस्पतालमा बिरामीको चाप बढेको छ। मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दुषित पानीको प्रयोगले पनि यो समस्या आएको हो।’
ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा दर्नालको भनाइ छ। ज्वरोबाट प्रभावित बिरामीको जिल्ला अस्पतालमै उपचार गरिएको छ।
जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेका छन । जिल्लाका धेरैजसो गाउँमा अहिले कोरोनासँग मिल्दो लक्षण भएका बिरामी रहेपनी उनिहरुको जाँच हुन सकेको छैन।
भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।
प्यूठानमा भाइरल ज्वरोका बिरामी बढे
प्यूठानमा भाइरल ज्वरोका बिरामी बढे
Advertisement
तपाईको प्रतिक्रिया