काठमाडौं । भ्वाइस अफ नेपाल जित्ने सपना पूरा नभएपनि अजय कार्कीले गायन यात्रालाइ भने निरन्तरता दिइरहेका छन् । उनले राष्ट्रिय भावको गीतबाट गायन यात्रालाई अगाडि बढाएका छन् ।
अजय कार्कीको नयाँ गीत ‘हामी देश बचाऔं’ सार्वजनिक सार्वजनिक भएको छ।
भिडियोलाई अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको शब्द, संगित र स्वर कार्कीकै रहेको छ भने संगीत संयोजन सञ्जीब बराइलीले गरेका छन । महानायक राजेश हमालसँगै शिशिर भण्डारी, मोडल दिपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ , सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायाँकन गरेको यो गीतको सम्पादन भने विष्णु खड्काले गरेका हुन् । अमोन रानाको कोरियोग्राफी रहेको भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका छन् ।
Advertisement