जनक पन्थ, गुल्मी । हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् । यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न व्यस्त छन् ।
लोकप्रिय गायक तिलक बस्नेत र गायिका मैयाँ खडकाको तिज कोसेली बजारमा आएको छ ।गायक बस्नेतले ‘टिकियाले हो’ नामको तिज गीत सार्बजनिक गरेका छन् । मौलीक भाकामा तयार गरिएको गीतलाई धेरै दर्शक श्रोताले मन पराउने गायक बस्नेतले बताए ।
गायक बस्नेतको लय शब्द रहेको गीतमा चर्चित मोडल रियासा दाहाल र निराजन प्रधानको अभिनय रहेको छ ।
Advertisement
गीतको पुरा भिडियो