सल्यान । सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका १२ जनाको नै सकुशल उद्धार भएको छ । आज विहान बरलाका ३ महिला र ९ परुष सोही ठाउँको नदीको बीचमा रहेको खेतमा काम गर्न गएका थिए । प्रेमलाल विकको खेतमा काम गर्दै गर्दा नदीमा बहाव बढेपछि उनीहरु नदीको बीचमा फसेका थिए ।
Advertisement
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता दामप्रसाद श्रेष्ठका अनुसार नदीमा फसेका १२ जनाकै सकुसल उद्धार गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो । उनीहरुको अघि ७ बजेमात्र उद्धार गरिएको हो। बीचमा फसेका १२ हल गोरुको भने उद्धार हुन सकेको छैन ।
यता जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना जारी गरेर अझै केही दिन पानी पर्ने प्रक्षपण भएको र जोखिम रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ ।