काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
Advertisement
भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड ।’ भनेर आग्रह गरे । जवाफमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले भने, ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं ।’थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई मंगलबार महासचिव पोखरेलले भेट गरेका थिए । उनी बुधबार दिउँसो साढे १२ बजे नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका छन् । खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुनेछ ।