प्रहरीको भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।मोटरसाइकल चालकको पहिचान खुलेको छैन।इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए।

मोटरसाइकल चालक करिब २५ वर्षका युवक हुन्। मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ। प्रहरीको गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको विजुलीको पोलमा पनि ठक्कर खाएको थियो।मोटरसाइकल चालकको गल्ती देखिएको दाबी प्रहरीको छ। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.