कामना डेली,प्यूठान। जिल्लाको नौबहिनी नगरपालिका – १, स्याउलिबाङमा घर भत्किएर ज्यान गुमाएका मल्ल परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
पीडित परिवारलाई नौबहिनी गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार, सामाजिक अभियान्ता जीवन खनालको पहलमा ६५ हजार ४७ र लुङ्ग निवासी केशव के सी बाट ५ हजार गरि कुल दुईनलाख २० हजार ४७ रुपियाँ नगद राहत प्रदान गरिएको हो। नौबहिनी गाउँपालिकाले घर निर्माणपछि पीडित परिवारलाई थप ५० हजार सहयोग गर्ने समेत बताएको छ ।
त्यस्तै,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले खाद्यान्न र लत्ताकपडा राहत प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष रिजाल र अभियान्ता खनालले पीडित परिवारको घरमै पुगेर बिहिबार राहत रकम हस्तान्तरण गर्नुभयो ।
गत जेठ ९ गते घर भत्किदा च्यापिएर घरमै सुतिरहेका बोम बहादुर मल्ल उहाँकी श्रीमती र छोरा गरि ३ जनाको ज्यान गएको थियोे ।
बाबुआमा गुमाएका १५ बर्षीया कुमारी मल्ल ६ कक्षामा पढ्छिन। उनका बहिनिहरु १२ वर्षिय करिश्मा, ९ वर्षिय गंगा र ७ वर्षिय सपना क्रमशः ३ ,२ र १ कक्षामा अध्यनरतछन्। आर्थिक स्थिति कमजोर र परिवार चलाउने अभिभावकको मृत्यु भएपछि यी चार बहिनी अहिले बेसहारा भएका छन। वहिनी पाल्ने र पढाउने जिम्मेवारी कुमारीको कांधमा छ ।
काख रित्तिएका उनिहरुलाई गाँस, बास, कपास र पढाइसंगै माया ममताको खाँचो छ।