काठमाडौं। बुबाको किरिया बसेका दम्पतीको आगलागीमा परेर मृत्यु भएको छ । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीबाट किरियापुत्री बसेका च्याङ्रिङका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।
Advertisement
आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लाने क्रममा बाटैमा मृत्यु भएको वडा अध्यक्ष दाहालले बताउनु भयो । उनकी श्रीमती घटनास्थलमै मृत्यु भएको थियो ।
सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरियामा बसेका थिए । मृतक दम्पती किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घरतर्फ गएको थिए ।