चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

नवलपरासी। पूर्वी नवलपरासीको देवचुली नगरपालिका – २ मा रहेको चौधरी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान  उद्योग परिसरको सिजि ब्रुअरी नेपाल प्राली उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

आगो नियन्त्रणकालागि अहिले चितवनबाट समेत गरेर चारवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आएको छैन् । अहिले बियर राखेको गोदामतर्फ पनि आगो फैलिएपछि पुरानो भवन भत्काउने काम गरिएको छ ।

आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् । मानवीय क्षती भने भएको छैन् । आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ ।दमकल सेना , प्रहरी , सिजी प्रशासन समेतको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...