काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्ति क्षणसम्म पनि इमान्दार प्रयत्न गरिरहने बताएका छन् ।
Advertisement
बिहीबार विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका हुन् ।
विष्टले लेखेका छन्, ‘ नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । ‘
उनले थप लेखेका छन्, ‘ राष्ट्र जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’