प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले आज बाग्दुला बजार क्षेत्रमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्यालको नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो ।
वर्तमान कोभिड संकटका कारण विहान ७ बजेदेखि ८ बजेसम्म खुलेका खाद्य तथा किराना पसलहरुको नमुना अनुगमन गरिएको अनुगमन टोलीमा संलग्न रहनुभएका नेपाल पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा निर्धारित समयमा पसल खुलेको, स्वास्थ्य मापदण्ड पालना गरिएको पाइएको र केही पसलहरुमा मूल्य सूची सबैले देख्ने ठाउँमा नराखिएको पाइएकोले सो मूल्य सूची सबैले देख्ने ठाउँमा टाग्न आग्रह गरिएको सहायक प्रजिअ अर्यालले बताउनुभयो ।
कार्यालयको नियमित प्रक्रिया तथा कोभिड संकटका कारण उत्पन्न पस्थितिका कारण बजार अनुगमन गरिएको सहायक प्रजिअ अर्यालको भनाइ छ । बाग्दुला बजार क्षेत्रका ५ वटा पसलहरुको नमुनाको रुपमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कोभिड संकटका कारण स्वास्थ्य सावधानी अपनाएर तोकिएको समयमा व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको थियो ।
बाग्दुला बजार क्षेत्रमा अनुगमन
बाग्दुला बजार क्षेत्रमा अनुगमन
Advertisement
तपाईको प्रतिक्रिया