प्यूठान : प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड ५० लाख रुपैया विनियोजन भएको छ।
अर्थ मन्त्रालयले मंगलवार प्यूठान सहित ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तार र तनहुँको दमौली अस्पतालमा पाइप लाइन विस्तारका लागि कुल १६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।त्यसैगरि, स्याङ्जा, बैतडी, डोटि, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, बर्दिया दाङ्ग र तेह्रथुममा पनि प्रति जिल्ला १ करोड ५० लाखका दरले रकम बिनियोजन गरिएको अर्थमन्त्रालयले जनाएको हो।
मंगलवार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)प्यूठानको बैठकले जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि लुम्बिनी प्रदेस सरकार र संघिय सरकारलाई रकम बिनियोजन गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
Advertisement
यी हुन बजेट विनियोजन भएका अस्पतालहरु :