कपिलबस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वडा नं १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ८६९० नम्बरको ट्रकले मल्ल सवार स्कुटरलाई ठिक्कर दिएको थियो ।त्यसपछि गम्भिर घाइते बनेका मल्ललाई उपचारका लागि प्रादेशक अस्पताल बुटवलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले ट्रक र चालक नियन्त्रणमा आइसकेका छन् । उनीहरुविरुद्ध ज्यानमारा मुद्धा दर्ता भइसकेको ईलाकाम प्रहरी कार्यलयका प्रहरी निरिक्षक दिनेश गुरुङले बताए।
Advertisement