देवदह//अनेरास्ववियु देवदह नगर कमिटीले आज प्रहरी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
अनेरास्ववियुको ५६ औं स्थापना दिवसको अवसर पारी देवदह प्रहरी चौकीलाई माक्स , सेनिटाइजर ग्लभस र फेस शिल्ड र देवदह क्षेत्रमा रहि पत्रकारीता पेशा अंगालेका पत्रकारहरुलाई माक्स र सेनिटाईजर वितरण गरेको हो ।
दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण अग्रपंत्तिमा रहेर काम गर्ने प्रहरी र पत्रकारहरुले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले उनिहरुको सुरक्षाको लागि स्वास्थ्य सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा बोल्दै अनेरास्ववियु नेता कृष्ण पौडेलले लडकडाउनको समयमा पनि विभिन्न संचार माध्यममा समाचार शाखामा निरन्तर रुपमा काममा खटिएका पत्रकारहरुलाई र सुरक्षा गर्ने प्रहरीलाई संक्रमणबाट जोगिन केही मदत पुगोस भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनु भयो ।
कार्यक्रममा अनेरास्ववियु देवदह नगर कमिटीका अध्यक्ष सुरज भट्टराई ,अनेरास्ववियुका नेताहरु अर्जुन गैरे, प्रविन गौडेल, नवीन गैरे, केशव न्यौपाने आशोक गैरे , राहुल भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।