• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

मुस्लिम समुदायको पवित्र रमजान


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्युठान।  इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान चलिरहेको छ। सूर्य उदाएदेखि नअस्ताएसम्म एक महिनासम्म निराहार व्रत बसेर इस्लाम धर्मावलम्बीहरू रमजानको रोजा अर्थात् व्रत बस्छन्।
    नेपालका इस्लाम धर्मावलम्बीहरूको रमजानको अवसरमा देश भरका मस्जिदमा विशेष चहलपहल हुने गर्छ। यो महिनाभरि रोजा बस्नुका साथै उनीहरूले आफ्नो बचतको साढे दुई प्रतिशत अनिवार्य दान गर्नुपर्ने चलन छ।
    प्यूठानको बाङ्गेशाल स्थित जामे मस्जिदका मौलाना अब्दुल अजिज (मणि) का अनुसार बिरामी, नाबालक तथा रजस्वला भएकालाई रोजा अनिवार्य छैन।
    पछिल्लो समय नेपालमा अन्य धर्मावलम्बीले समेत मुस्लिमहरूका लागि ‘इफ्तार’ खुवाउने गरेका छन्।
    रमजानको अन्त्यका क्रममा ईद-उल-फित्रका दिन महत्वपूर्ण धार्मिक विदा दिइन्छ। उक्त दिन परिवारहरु राम्रा लुगा लगाएर जम्मा हुन्छन् र भोजहरु आयोजना गर्दछन्। तर विश्वव्यापी महत्व रहेको यो चाड कुन दिन पर्छ भन्ने टुंगो लगाउन सधैँ अप्ठेरो पर्ने गरेको छ।

    Advertisement

    चन्द्रमाको शक्ति

    इस्लामिक पवित्र महिना रमजान अन्त्यतिर आउनलाग्दा विश्वभरका १ अर्ब ८० करोड मुसलमानहरु कहिले आकाश खुल्ला र ईद-उल-फित्रका लागि तयार पारेर राखेका नयाँ लुगा निकाल्ने संकेत पाइएला भनेर कुरिरहेका हुन्छन्।
    इस्लाम धर्मावलम्बीहरुले चन्द्र पात्रो अनुसरण गर्दछन्, जसको मुख्य आधार चन्द्रमाको अवस्थिति हो। रमजान नवौं महिनामा शुरु हुन्छ। प्रत्येक वर्ष चन्द्र पात्रो अनुसारको महिना अघिल्लो सौर्य वर्षको तुलानामा ११ दिन पहिले शुरु हुने गर्छ।
    चन्द्र पात्रोलाई पालना गर्नु मुसलमानहरुका लागि एकदमै महत्वपूर्ण छ र यसले प्रत्येक वर्ष मानिसहरुले रमजान पर्व मनाइरहँदा ठूलो प्रभाव पार्ने गर्छ।
    मुसलमानहरु रमजानका क्रममा सूर्योदय भएदेखि सूर्यास्त नहुञ्जेल निराहार व्रत वस्ने गर्दछन्। यदि इस्लामिक महिनाहरु, विभिन्न यामहरु पहिले नै निश्चित भएको, सौर्य पात्रोमा आधारित हुन्थे भने एक ठाउँमा बसिरहेका मानिसहरुले दिन लामो हुने गर्मी याममा रमजान मनाउँथे भने अन्य ठाउँमा बस्नेले दिन छोटो हुने जाडो याममा यो पर्व मनाउनुपर्थ्यो।
    चन्द्र पात्रो अनुसरण गरेर प्रत्येक मुसलमानले आफ्नो जीवनकालको ३३ वर्षभित्र विभिन्न मौसम र विभिन्न अवधिमा व्रत बसेको अनुभव गर्न पाउँछन्।
    प्यूठानमा पनि लकडाउनका बिच मुस्लिम समुदायले रोजा (व्रत) बस्दै आएका छन्। प्यूठानको सरुमारानी गाउँपालिका -३ हंसपुर र सरुमारानी -१ बाङ्गेशालमा सदियौं देखि मुस्लिम समुदायको बसोबास रहँदै आएको छ। दुवै बस्तीमा करिब कुल ७ सय जनसङ्ख्या रहेको स्थानीय पत्रकार सलिम अन्सारीले बताए।
    प्यूठानका विभिन्न बजार केन्द्रहरूमा जस्तै बाग्दुला, बिजुवार, मच्छी, खलंगा, बाहाने र बड्डाँडामा बसेर उनीहरूले वर्षौं अघि देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन्। उनीहरूले पनि रोजा बस्ने नमाज पढ्ने र इद मनाउन आफ्नो पुरानो थातथलो अर्घाखाँची जाने गरेको बाग्दुलाका ग्यासुदिन मियाँ बताउँछन्।
    ‘हामी इद मनाउन भरसक पुरानै जन्मथलो अर्घाखाँची जाने गर्दछौं।’ ग्यासुदिनले भने, ‘आफन्त इस्टमित्र सबै उतै छन् ,उतै अलि बढी रमाइलो पनि हुन्छ।’ यसपटक बन्दाबन्दीले घर जान अलि अनुकूल नहुने हो कि भन्नेमा अन्यौलता छाएको उनले बताए।
    गतवर्ष पनि इदकै समयमा लकडाउनको स्मरण गर्दै बाङ्गेशालका स्थानीय जीतमान मियाँले भने, ‘अहिले पनि हामीले स्वास्थ्य सावधानी तथा सामाजिक दूरी कायम गर्दै इदको नमाज पढ्ने छौं।’
    मानवीय स्वास्थ्य सबै भन्दा ठूलो हुने बताउँदै समुदायका सबै व्यक्तिहरू स्वास्थ्य तथा सुरक्षा सावधानी अपनाउँदै आफ्नो नित्यकर्म गर्दै आएको स्थानीय जिब्राइल मियाँले जानकारी दिए।

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै
    बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला
    इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण
    इस्मामा सीप विकास तालिम लिएका युवासँग उद्यमशीलता परामर्श कार्यशाला
    इस्मा गाउँपालिका–१ मा गोरु पालक कृषकलाई सम्मान
    दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation