• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ४. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

मुस्लिम समुदायको पवित्र रमजान


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • प्यार अलि खान,प्युठान।  इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान चलिरहेको छ। सूर्य उदाएदेखि नअस्ताएसम्म एक महिनासम्म निराहार व्रत बसेर इस्लाम धर्मावलम्बीहरू रमजानको रोजा अर्थात् व्रत बस्छन्।
    नेपालका इस्लाम धर्मावलम्बीहरूको रमजानको अवसरमा देश भरका मस्जिदमा विशेष चहलपहल हुने गर्छ। यो महिनाभरि रोजा बस्नुका साथै उनीहरूले आफ्नो बचतको साढे दुई प्रतिशत अनिवार्य दान गर्नुपर्ने चलन छ।
    प्यूठानको बाङ्गेशाल स्थित जामे मस्जिदका मौलाना अब्दुल अजिज (मणि) का अनुसार बिरामी, नाबालक तथा रजस्वला भएकालाई रोजा अनिवार्य छैन।
    पछिल्लो समय नेपालमा अन्य धर्मावलम्बीले समेत मुस्लिमहरूका लागि ‘इफ्तार’ खुवाउने गरेका छन्।
    रमजानको अन्त्यका क्रममा ईद-उल-फित्रका दिन महत्वपूर्ण धार्मिक विदा दिइन्छ। उक्त दिन परिवारहरु राम्रा लुगा लगाएर जम्मा हुन्छन् र भोजहरु आयोजना गर्दछन्। तर विश्वव्यापी महत्व रहेको यो चाड कुन दिन पर्छ भन्ने टुंगो लगाउन सधैँ अप्ठेरो पर्ने गरेको छ।

    Advertisement

    चन्द्रमाको शक्ति

    इस्लामिक पवित्र महिना रमजान अन्त्यतिर आउनलाग्दा विश्वभरका १ अर्ब ८० करोड मुसलमानहरु कहिले आकाश खुल्ला र ईद-उल-फित्रका लागि तयार पारेर राखेका नयाँ लुगा निकाल्ने संकेत पाइएला भनेर कुरिरहेका हुन्छन्।
    इस्लाम धर्मावलम्बीहरुले चन्द्र पात्रो अनुसरण गर्दछन्, जसको मुख्य आधार चन्द्रमाको अवस्थिति हो। रमजान नवौं महिनामा शुरु हुन्छ। प्रत्येक वर्ष चन्द्र पात्रो अनुसारको महिना अघिल्लो सौर्य वर्षको तुलानामा ११ दिन पहिले शुरु हुने गर्छ।
    चन्द्र पात्रोलाई पालना गर्नु मुसलमानहरुका लागि एकदमै महत्वपूर्ण छ र यसले प्रत्येक वर्ष मानिसहरुले रमजान पर्व मनाइरहँदा ठूलो प्रभाव पार्ने गर्छ।
    मुसलमानहरु रमजानका क्रममा सूर्योदय भएदेखि सूर्यास्त नहुञ्जेल निराहार व्रत वस्ने गर्दछन्। यदि इस्लामिक महिनाहरु, विभिन्न यामहरु पहिले नै निश्चित भएको, सौर्य पात्रोमा आधारित हुन्थे भने एक ठाउँमा बसिरहेका मानिसहरुले दिन लामो हुने गर्मी याममा रमजान मनाउँथे भने अन्य ठाउँमा बस्नेले दिन छोटो हुने जाडो याममा यो पर्व मनाउनुपर्थ्यो।
    चन्द्र पात्रो अनुसरण गरेर प्रत्येक मुसलमानले आफ्नो जीवनकालको ३३ वर्षभित्र विभिन्न मौसम र विभिन्न अवधिमा व्रत बसेको अनुभव गर्न पाउँछन्।
    प्यूठानमा पनि लकडाउनका बिच मुस्लिम समुदायले रोजा (व्रत) बस्दै आएका छन्। प्यूठानको सरुमारानी गाउँपालिका -३ हंसपुर र सरुमारानी -१ बाङ्गेशालमा सदियौं देखि मुस्लिम समुदायको बसोबास रहँदै आएको छ। दुवै बस्तीमा करिब कुल ७ सय जनसङ्ख्या रहेको स्थानीय पत्रकार सलिम अन्सारीले बताए।
    प्यूठानका विभिन्न बजार केन्द्रहरूमा जस्तै बाग्दुला, बिजुवार, मच्छी, खलंगा, बाहाने र बड्डाँडामा बसेर उनीहरूले वर्षौं अघि देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन्। उनीहरूले पनि रोजा बस्ने नमाज पढ्ने र इद मनाउन आफ्नो पुरानो थातथलो अर्घाखाँची जाने गरेको बाग्दुलाका ग्यासुदिन मियाँ बताउँछन्।
    ‘हामी इद मनाउन भरसक पुरानै जन्मथलो अर्घाखाँची जाने गर्दछौं।’ ग्यासुदिनले भने, ‘आफन्त इस्टमित्र सबै उतै छन् ,उतै अलि बढी रमाइलो पनि हुन्छ।’ यसपटक बन्दाबन्दीले घर जान अलि अनुकूल नहुने हो कि भन्नेमा अन्यौलता छाएको उनले बताए।
    गतवर्ष पनि इदकै समयमा लकडाउनको स्मरण गर्दै बाङ्गेशालका स्थानीय जीतमान मियाँले भने, ‘अहिले पनि हामीले स्वास्थ्य सावधानी तथा सामाजिक दूरी कायम गर्दै इदको नमाज पढ्ने छौं।’
    मानवीय स्वास्थ्य सबै भन्दा ठूलो हुने बताउँदै समुदायका सबै व्यक्तिहरू स्वास्थ्य तथा सुरक्षा सावधानी अपनाउँदै आफ्नो नित्यकर्म गर्दै आएको स्थानीय जिब्राइल मियाँले जानकारी दिए।

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • २.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ४.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ७.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ८.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation