गुल्मी । गुल्मीमा कोरोनाभाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुष र बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिकाकी ७६ वर्षीया महिला रहेका छन् ।
संक्रमित पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै, महिलाको भने भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो ।
यससहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।