गुल्मीमा होम आईसोलेशनमा बसेका पुरुषको मृत्यु

अनिल खत्री, गुल्मी । गुल्मीमा एन्टीजिन परीक्षण रिर्पोट पोजेटिभ भएका पुरुषको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षका पुरुषको मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए ।
बैशाख २ गते भारतबाट आउदा नै ज्वरो आएकोले होम आइसुलेशनमा बसेको बेला गएराती मृत्यु भएको हो । उनको बैशाख ३ गते एन्टीजिन परीक्षण पोजेटिभ आएको थियो ।
मृतक पुरुषको स्याब सकलन गरि पिसीआर जाँचको लागि लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा पठाउने तयारि भएको भएको स्वास्थ्य संयोजक गौतमले बताए ।

 

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...