काठमाडौं । नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।
Advertisement
सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ । त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएनरभएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
यो आरोहण सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण हो ।