राजेन्द्र रावत क्षेत्री, प्युठान। प्युठानमा शनिवार अागलागीबाट घरगाेठ जलेर नष्ट भएको छ ।
जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ , रातापानी स्थित माथिल्लो टाेलका स्थानिय हिरा परियारकाे घरगाेठमा अागलागी भएको हो। आगलागीवाट करिब ५ लाख बराबरकाे क्षेती भएको छ । शनिवार विहान करिब ९ बजेतिर घरमा काेहि नभएको समयमा एक्कासी अागलागी हुदा गाई,भैंसी, लत्ताकपडा , भाँडाकुँडा , अन्नपात र ५ हजार नगद जलेकाे पिडित हिरा परियारले बताएकी हुन । अागलागी बारे खवर गरे पनि घटनास्थलमा अझै पनि प्रहरी पुगेको छैन। घरमा भएको सबै समान जलेपछि परियारको परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन। आगलागीले विचल्लिमा परेकी परियारले सहयाेगकाे लागि पहल गरिदिन स्थानिय सरकार समक्ष माग गरेकि छिन ।
Advertisement