कामना डेली, प्युठान। प्यूठानमा चालु आर्थिक वर्षमा आगोलागिबाट १९ लाख ५४ हजार ५ सय वरावर क्षति भएको छ ।
प्यूठानमा गत साउनदेखि हालसम्म ५ वटा घर र ८ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आगोलागिमा परी हालसम्म ५ जनाको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो । यस्तै आगोलागीमा परेर २३ चौपायाको मृत्यु र ७ चौपाया घाइते भएका छ ।
केहि दिन अघि गौमुखी गाउँपालिका ३ रजवारामा गोठमा अभिभावक नभएको बेला आगोलागि हुदा २ वालवालिकाको मृत्यु भएको थियो ।
Advertisement