शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले भारतीय डिजाइनमा नेकपा बिभाजन गरिएको बताउनुभएको छ।
नेकपा एमाले निकट राष्ट्रिय युवासंघ, नेपाल सन्धिखर्कको भेलामा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भुमि समेटिएको नक्शा जारी गरे सँगै सरकार र पार्टीको बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता, बिकास र समृद्धिको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नु भएको प्रभावकारी कदमबाट अताल्लिएर प्रतिक्रियावादी शक्तिहरुले पार्टी र सरकारलाई घेराबन्दी गरेको आरोप लगाउनुभयो ।
राष्ट्रियसभाका सदस्य समेत रहनुभएका खड्काले युवाहरूलाई उत्पादनमूलक काममा जोडिन आग्रह गर्नुभयो । नेकपा एमालेका जिल्ला सचिव तोजबहादुर रायमाझीले नेकपा एमालेको पक्षमा देशव्यापी रुपमा जनलहर चलेको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गर्नुभयो ।
युवानेता शन्तोष बस्नेतको अध्यक्षता र लक्ष्मण के.सी. को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला कार्यालय सदस्य द्वय पिताम्बर भुसाल, जिवनारायण कोईराला ,जिल्ला सचिवालय सदस्य शम्भु पोख्रेल ,श्रीकृष्ण भुसाल ,खुविराम आचार्य,राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिव गोविन्द भुसाल ,केन्द्रीय सचिवालय सदस्य गोविन्द आचार्य,शोभाखर पाण्डे ,झविन्द्र घिमिरे ,केन्द्रीय सदस्य ज्ञानेन्द्र घिमिरे ,बिक्रम खनाल,भेषराज क्षेत्री ,दिपक परियार ,दिपक भुसाल ,सीता भुसाल बन्जाडे लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको कार्यक्रममा युवानेता प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
भेलाले लक्ष्मण के.सी. संयोजक, प्रकाश श्रेष्ठ सहसंयोजक र कमरदिन मियाँ सचिव रहेको राष्ट्रिय युवासंघ नेपाल सन्धिखर्क नगर कमिटीको चयन गरेको छ ।कार्यक्रम ठुलो संख्यामा युवाहरूको उपस्थिति रहेको थियो ।
भारतीय डिजाइनमा नेकपा पार्टी फुटाईयो : केन्द्रीय सदस्य खड्का
भारतीय डिजाइनमा नेकपा पार्टी फुटाईयो : केन्द्रीय सदस्य खड्का
Advertisement
तपाईको प्रतिक्रिया