तानसेन । पाल्पामा प्रहरीले हरिाबहादुर सारुलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा जारी विज्ञप्तिअनुसार सारुलाई शनिबार बगनासकाली गाउँपालिका– ३ तल्लो सिन्चासबाट पक्राउ गरेको हो ।५८ वर्षीय सारुले आफ्नै घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले घरमा छापामारेर बन्दुकसहित सारुलाई पक्राउ गरेको जनाइएको छ ।
घर खानतलासी गर्दा १ नाले भरुवा बन्दुक थान– ३ फेला पारी भरुवा बन्दुकसहित सारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।