काठमाडौँ– हात बाँधिएको अवस्थामा कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ ।
Advertisement
दैलेखको आठबिस नगरपालिका– ३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव हिजो बेलुकी भेटिएको हो ।
प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको छ ।
चार जना छोराछोरीलाई लिएरआमाले कर्णालीमा हामफालेको आशंका गरिएको छ ।
घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।