जनकराज भट्टराई,पाल्पा। पाल्पामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय पुनःस्थापना गरिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी भएको फैसला सुनाए पछि पाल्पामा आइतबार नेकपा एमालेको पार्टी कार्यालय पुनःस्थापना गरिएको एमाले पाल्पाका अध्यक्ष एवं लुम्बिनी प्रदेशका सांसद नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेसँगै देशभर नेकपा एमालेको पार्टी कार्यालय पुनःस्थापना भइरहेका छन् ।
यसैबीच, साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले पूर्वएमाले नेताहरु एमालेमै रहने र दाहालसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको हो । नेकपा स्थापना भएसँगै केपी वली पक्ष र प्रचण्ड -नेपाल पक्ष बीच पदको विषयलाई लिएर तिब्र विवाद रहँदै आएको थियो । अब नेकपा एमाले र नेकपा माओबादी बीच नयाँ पार्टी बनाएर जाने सम्भावना निकै कम रहेको बिश्लेषकहरु बताउँछन् ।
पाल्पामा एमालेको पार्टी कार्यालय पुनःस्थापना
पाल्पामा एमालेको पार्टी कार्यालय पुनःस्थापना
Advertisement
तपाईको प्रतिक्रिया