अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले कार ड्राईभिङ्ग तालिम प्रदान गरेको छ । युवा स्वारोजगार महिला लक्षित तथा दलित लक्षित संयुक्त सिपमुलक कार्यक्रम मार्फत स्थानीयलाई तालिम दिन सुरु गरेको हो ।
तालिम मार्फत बेरोजगार रहेकाहरुलाई स्वरोजगार बनउने नगरपालिकाले लक्ष्य लिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नः ९ ले ४२ जनालाइ एक महिने कार ड्राईभिङ्ग तालिम दिन सुरु गरेको हो । रेसुङ्गा नगरपालिकाबाट ३ लाख रुपैयाँ रकम बिनियोजन भएको कार्यक्रममा युवा स्वरोजगार, महिला तथा पुरुष रोजगार र दलित लक्षित कार्यक्रम रहेका छन् । जस अन्तरगर्त वडा नंबर ९ का २३ जना पुरुष र १९ जना महिला गरी ४२ जना सहभागी छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण सुनारले जिल्लामै पहिलो पटक महिलाहरुलाई व्यवसायिक बनाउन र रोजगारको सिर्जना गर्न वडा लागि परेको बताए । यस कार्यक्रममा छुट् भएका स्थानीयलाई आगमि दिनको कार्यक्रममा समावेश गराउने उल्लेख गरे । तालिममा सिकेको कुरालाई व्यवहारमा उर्तान अध्यक्ष सुनारले आग्रह गरे ।
कार ड्राईभिङ्ग तालिममा समावेश हुन पाउँदा स्थानीयहरु खुशी छन् । हिजो घरको चुलो चौकोमा काम गर्ने महिलाहरु आज कार सिक्न पाउँदा उत्साहित भएका छन् ।
सिप सिक्ने तर त्यसलाई व्यवहारमा नउर्तार्ने हो भने तालिमको कुनै अर्थ हुदैन् । सिप सिकाउने र रोजगारीको सिर्जना पनि गर्ने तर्फ राज्यको ध्यान जान जरुरी देखिन्छ । अन्यथा कार्यक्रमको प्रभावकारीता शुन्यसरह हुने छ ।
रेसुङ्गा नगरमा स्वरोजगार बनाउन कार ड्राईभिङ्ग तालिम सुरु
रेसुङ्गा नगरमा स्वरोजगार बनाउन कार ड्राईभिङ्ग तालिम सुरु
Advertisement
तपाईको प्रतिक्रिया