कामना डेली, प्युठान। प्युठानको सरुमारानी गाउँपालिका–१ फोर्साबाङका सुकुम्बासी ईस्माईल मियाँले जमिन जोतभोग गर्दै आएको २५ बर्षपछी लालपुर्जा पाउनुभएको छ। बिहिबार उहाले आफुले खनजोत गर्दै आएको ५ रोपनी जग्गाको लालपुर्जा हातमा पर्दा खुसीको सिमा थिएन।
उहाँले भन्नुभयो, “बर्षौदेखि बसेको ठाउँको पुर्जा पाएँ, खुसिलागेको छ ।”
फोर्सावाङकि जुठिरन मियाँ पनि धनीपूर्जा पाउँदा हर्सित देखिनुहुन्थ्यो। आफू बसेको जग्गा आफ्नै नाममा आयो भन्दै उहाँ खुसी बाँड्दै हुनुहुन्थ्यो।
इस्माईल र जुठिसँगै यहाँका १८ परिवारले २५ वर्षपछी लालपूर्जा पाएका हुन् ।
मालपोत कार्यालय जस्पुरका प्रमुख हरि बहादुर ओलीले जिल्लाका कुल १ सय १४ मध्ये बिहिबार सम्म जम्मा १८ सुकुम्बासी परिवारले स्थायी लालपुर्जा पाएको र अन्यको पनि अध्यावधिकको काम सम्पन्न भएपछी पुर्जा दिने जानकारी दिनुभयो ।
अब स्थायी पुर्जा पाएका सुकुम्बासी परिवारले हक हस्तान्तरण,धितो जमानत, जग्गा प्रशासनसंग सम्बन्धित सम्पुर्ण कामहरु गर्न सक्ने उहाको भनाई छ।’ स्थानीय सरकारसंग समन्वय गरेर पुर्जा दिन थालेका हौँ।’ उहाले अन्य सुकुम्बासी परिवारहरुको कागजात मालपोत कार्यालयमा प्रक्रियामा रहेको जानकारी दिँदै केही दिनमा थप पूर्जा वितरण गर्ने बताउनुभयो ।२०५२ सालको सुकुम्बासी आयोगको निर्णय कार्यान्वयन गरिएको मालपोत कार्यालय जस्पुरले बताएको हो।
बिस २०५२ सालमा सुकुम्बासी आयोगले सरुमारानी १ फोर्सावाङका ५९ र बर्जिबाङका ५५ सुकुम्बासी परिवारलाई प्रतिपरिवार ५÷५ रोपनीका दरले जग्गाको अस्थाइ पुर्जा दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ।