अनिल खत्री, गुल्मी । गुल्मीमा जापानी राजदुतावासले बिद्यालय भवन निर्माण गरिदिएको छ । दुतावासले नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडानम्बर–२ मा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जिल्लाको मुसिकोट नगरपालिकाको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मा जापानी सस्था ९न्न्ए० को आर्थिक सहयोगमा ४ कोठे भवन निर्माण गरिएको हो । जापान राजदुतावासका फस्ट सेक्रेटरी मिया मोतो केन्तरे र प्रोजेक्ट म्यानेजर नाउरो काटेले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेलाई भवनको चापी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जापानी राजदुतावासको टोलीलाई स्वागत गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नेपालको पुर्वाधार बिकासमा जापान सरकारले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । सापकोटाले राजदुतावाससग आगामी दिनमा नगरका अरु क्षेत्रको बिकासमा पनि सहयोगको अपेक्षा गर्नु गरे ।
नवनिर्मित भवन ०७५ फागुनमा न्यु लिजा कन्ट्रक्सनले ८५ लाख ८३ हजारको लागतमा विद्यालय भवन निर्माणको सम्झौता गरेको विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र नेपालीले बताए । नेपाल राष्ट्रिय त्रिभुवन माबिले आगामी बर्षदेखि सिटीभिटी मार्फत कृषि प्राबिधिक शिक्षा संचालनको योजना बनाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेले बताए ।
मुसिकोट नगरमा नेपाल राष्ट्रिय त्रिभुवन माबीले पहिलोपटक कृषि प्राबिधिक शिक्षा संचालन गर्दैछ । ३५ रोपनी जग्गा समेत प्राप्त गरेर प्राबिधिक शिक्षाको कागजी प्रक्रियाको काम भैरहेको छ । नयाँ भवन निर्माण भएपछि बिद्यालयमा पठन पाठनमा सहज हुने भएको छ ।