काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो। सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन गरिएको जानकारी दिएका छन्।यसअघि विप्लवले सहज वातावरण भए सरकारसँग वार्ता गर्न तयार रहेको भन्दै वक्तव्य जारी गरेका थिए। उता, सरकारसँग वार्ता गर्न विप्लव समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउनेलाई वार्ताका लागि खटाउने निर्णय गरेको खवर छ ।आजै मात्र विप्लव समूहमाथि २ वर्षअगाडि लगाएको प्रतिबन्ध पनि फुकुवा गर्ने योजना रहेको बताइएको छ ।
Advertisement