काठमाडौँ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको छ। आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
Advertisement
आगो नियन्त्रणको प्रयास भइरहेको छ । जिल्लाकै सबैभन्दा दोस्रो ठूलो बजारमा लागेको आगो नियन्त्रण गर्न प्रहरी, सेना र स्थानीयको सहयोगमा फुङ्लिङबाट दमकल दोभान बजार ल्याइएको छ ।आगलागीका कारण हालसम्म कुनैपनि मानवीय क्षति भएको छैन ।
बजारमा कपडा पसल संचालन गर्दै आएका स्थानीय भोला पौडेलको घरबाट आगलागी सुरु भएको हो। आगो कसरी लाग्यो भन्ने यकिन गर्न सकिएको छैन।