कामना डेली, बुटवल। रुपन्देहीको देवदह नगरपालिका ६ मिलनचोकमा बस्ने बिनोद न्यौपाने फागुन १६ गते देखि बेपत्ता भएका छन्। फागुन १५ गते साँझ ५ बजे घर देखि निस्किएका उनि घर नफर्कीएपछि परिवारले हराएको आशंका गरि खोजी गरिदिन आग्रह गरेका छन्।
पहेलो टिसर्ट ,कालो ज्याकेट र कालो ट्रयाक लगाएर आफ्नो मोबाइल समेत घरमै छोडेर निस्किएका उनि आफन्त, साथीभाई कसैको पनि सम्पर्कमा नआएको बिनोदका ४५ बर्षीय आमा माया न्यौपानेले बताउनु भयो। मनिष भनेर पनि चिनिने उनि लगनशील स्वभावका रहेको मामा राजु पौडेलले बताए।
पढाईमा अब्बल रहेका उनि अनावश्यक कसैसंग नबोल्ने, झैझगडा नगर्ने लगनशिल स्वभावको रहेको उनि अध्ययनरत ग्रिनप्लान्ट स्कुलका प्राचार्य राजिब सापकोटाले बताउनुभयो। उनका साथीहरुसंग बिद्यालयले सम्पर्क गरिरहेको तर पत्ता लाग्न नसकिएको प्राचार्य सापकोटाले बताउनुभयो।
देवदह प्रहरी चौकी खैरेनीका इन्चार्ज दिपक महत क्षेत्रिले बेपत्ता विनोदको खोजि जारि रहेको बताउनुभयो।
सम्पर्क नम्बर:९८११४३७०१५ (राजु पौडेल)
९८११९६२३७१ टिकाराम पौडेल
९८०६९५३७६८ माया न्यौपाने (आमा)