काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एकजनालाइ पक्राउ गरेको छ । कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेललाइ पक्राउ गरेको हो।
उहाँलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताउनु भयो ।
पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको अर्यालको भनाइ छ ।
Comments are closed.