काठमाडौं। आजभन्दा ११ महिना अघि नै पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा आेलिबाट धाेकाहुने याेग बनेकाे भन्दै ज्याेतिषी सुरेश चन्द्र रिजालले सावधानी हुन आग्रह गरेका थिए । २०७७ सालमा अचानक राजनीति परिवर्तनको याेग हुने संकेत देखेपछि नयाँ वर्षकाे सुरुवाती समयदेखि नै जानकारी गराउदै आएका थिए । पछिल्लो राजनीति घटना बढेसंगै पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सेरबहादुर देउवालाई सात पटक सम्म प्रधानमन्त्री बन्ने याेग रहेकाे छ भनेर २०७४ सालमा गरेकाे भविष्यवाणीले पनि यतिबेला रिजालको निक्कै चर्चा छ र सामाजिक सञ्जालमा उनकाे अत्याधिक खाेजि भैरहेकाे छ । शासन सत्ता सम्हाल्ने हरेक राजनेताले यस्ता भविष्यवाणीलाई गम्भीरतापूर्वक लिन नसक्दा यस्ताे समस्याकाे सामना गर्नुपरेको उनकाे भनाई छ ।
ज्योतिषलाई वेदको तेस्रो आँखा भनेर परिभाषित गरिएको छ । सफल शासकहरु प्रचिन काल देखिनै ज्योतिष तथा खगोल शास्त्रको निर्देशनमा आफ्ना योजना तय गर्ने गर्दथे। महाप्रतापी त्रिलोकपति राजा रावण जसले चार वेद कण्ठस्थ बनाएका थिए उनी ज्योतिषका सिद्ध ज्ञाता पनि हुन् जसले रावण संहिता जुन ज्योतिषको सिद्ध ग्रन्थको नै रचना गरेका थिए । जसको बलबाट उनले शनि र यमराजलाई आफ्नो वसमा पार्न सफल भएका थिए ।
प्राचीन समयमा पनि शक्तिशाली राजा तथा वीर योद्धाहरुले शुभ मुहुर्त बिचार गरेर मात्रै महत्त्वपूर्ण निर्णयहरु लिने गरेको प्रशस्त उदाहरण पाइन्छ । राज्य सत्ता सञ्चालन गर्नका लागि सामूहिक शक्ति मात्रै भएर हुँदैन त्यसका लागि धार्मिक तथा आध्यात्मिक शक्ति हुनु पनि नितान्त आवश्यक छ ।
देवर्षी नारद भगवान् श्रीकृष्ण, भीष्मपितामह, कर्ण आदिले पनि ज्योतिषमा राम्रो ज्ञान हासिल गरेकै कारणले अहिलेसम्म उनीहरूको पूजा तथा आदर गरिरहेको पाइन्छ । यसरी देशका प्रतिष्ठित व्यक्तिहरूको भविष्यवाणी गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा आेलिबाट प्रचण्डलाई अफ्ट्यारो परिस्थितिको सामना गर्नुपर्ने भन्दै सचेत गराएका थिए । ग्रह,राशि तथा नक्षत्र अध्ययन गरेर पुष्पकमल दाहलकाे राशिबाट प्रधानमन्त्री केपी शर्मा आेलीकाे राशि षडाष्टक याेग बन्ने भएकाले लामाे समयसम्म गठबन्धन टिक्न नसक्ने भन्दै आग्रह गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डको कार्कित २९ गतेबाट शनिकाे अढैया दशा सुरुभएकाे छ भने प्रधानमन्त्री केपी शर्मा आेलिकाे मध्य साढेसाती शनिकाे दशा चलिरहेकाे छ । दुवैको राशि एक आपसमा सत्रुतापूर्ण याेगमा रहेकाले अहिले देशमा यस्ताे अवस्था आएकाे ज्याेतिषी रिजालले जानकारी गराए ।
ज्याेतिषीले ११ महिनाअघि नै प्रचण्डलाई ओलीबाट खतरा छ भनेर भविष्यवाणी गरेका थिए
ज्याेतिषीले ११ महिनाअघि नै प्रचण्डलाई ओलीबाट खतरा छ भनेर भविष्यवाणी गरेका थिए
Advertisement
तपाईको प्रतिक्रिया