पाल्पा। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रामपुर नगरपालिका –७ किसान बारीमा मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
Advertisement
खप्टारबाटबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो। मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ।
घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।