कामना डेली, प्यूठान। किसानको सुविधाका लागि प्यूठानमा चिस्यान केन्द्र सञ्चालन गरिएको छ। स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा जिल्लाको माण्डवि गाउपालिकाले देविस्थानमा जिल्लाकै पहिलो चिस्यान केन्द्र सञ्चालनमा ल्याएको हो ।
लुम्बिनी प्रदेश सरकार र माण्डवी गाउँपालिकाको साझेदारीमा चिस्यान केन्द्र स्थापना गरिएको माण्डवि गाउपालिकाले जनाएको छ। एक सय म्याट्रिक टन क्षमता रहेको चार कोठे चिस्यान केन्द्र एक करोड १२ लाख ५८ हजार ८ सय १८ रुपैयाँ लागतमा निर्माण भएको पालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । चिस्यान केन्द्रले कृषक, उपभोक्ता र व्यापारीलाई फाइदा पुग्ने उहाले बिश्वास ब्याक्त गर्नुभयो।‘यसअघि किसानले उत्पादन गरेको कृषीजन्य बस्तु बोकेर जिल्ला बाहिर पुर्याउनु पथ्यो, अब यही जम्मा हुन्छ’, उहाले भन्नुभयो।
जिल्लामा चिस्यान केन्द्र नहुँदा उत्पादन गरेका कृषिजन्य बीउहरूलाई भैरहवा, दाङ लगेर स्टोर गर्नु पर्ने समस्या रहेको थियो। अब गाउँमै खुलेको चिस्यान केन्द्रमा जम्मा गरेर उत्पादित कृषीउपज बिक्री गर्न सहज भएको किसानले बताएका छन् ।
एक सिजनको प्रति केजी ५ रूपैयाँको दरले शुल्क निर्धारण गरेको समेत रोकाले जानकारी दिनुभयो ।
Comments are closed.